नियम
कोषको रकम प्रयोग हुन नसक्ने

५. कोषको रकम प्रयोग हुन नसक्नेः

नियम ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनका लागि कोषको रकम खर्च गर्न सकिने छैनः–

(क) कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई पारिश्रमिक, तलव, भत्ता वा सुविधा उपलब्ध गराउन,
(ख) कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई भ्रमण खर्च वा अन्य त्यस्तै प्रकारको खर्च उपलब्ध गराउन,
(ग) कसैलाई चन्दा, पुरस्कार, उपहार वा अनुदान प्रदान गर्न,
(घ) दैवी प्रकोपस“ग सम्बन्धित विषयमा बाहेक कसैलाई आर्थिक सहायता उपलब्ध गराउन ।